भीम रावलको प्रश्नः भारतले नेपालको कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेकोबारे सरकारको धारणा के ?


काठमाडौं, १५ पौष । नेकपा एमालेका नेता डा. भीम रावलले भारतले महाकाली नदीको नाम फेरेर लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको भन्दै सरकार र ठूला पार्टीको धारणा मागेका छन् । उनले सरकार र ठूला दल यो विषयमा मौन बसेको भन्दै प्रश्न उठाएका छन् ।

आज ट्वीट गर्दै रावलले देशको भूमिसम्बन्धी विषयमा मौन बसेर गठबन्धनका दलहरु प्रदेशमा मन्त्रालय फुटाएर भएपनि भागवण्डामा व्यस्त रहेको आरोप लगाए ।

रावलले ट्वीटरमा लेखेका छन्ः महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो? किन मौन? कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो?