विराटनगर, २० पुस । सत्तारुढ दल नेपाली कांग्रेसका नवनियुक्त महामन्त्री विश्वप्रकाश शर्माले आगामी हुने तीन तहका चुनावमा कांग्रेस एक्लै वा गठबन्धनसँग मिलेर लड्ने विषयमा टुङ्गो नलागेको बताएका छन् ।
विराटनगरमा संचारकर्मीहरुसँग बोल्दै उनले पाँच दलिय गठबन्धनको आयु एजेण्डा र आवश्यकताकले निर्धारण गर्ने बताएका हुन् ।
पत्रकारसँग बोल्दै पाँचदलिय गठबन्धनको सहयात्रा राष्ट्रिय सभा सदस्यको चुनावसम्म अघि बढेको पनि उनले बताए । महामन्त्री शर्माले कांग्रेसको नेतृत्वमा पाँच दलिय गठबन्धनको सरकार सफल भएको समेत दाबी गरे ।




प्रतिक्रिया