काठमाडौं, २० पौष । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । मंगलबार राति देखि पश्चिमी नेपालबाट प्रवेश गरेको न्यून चापीय प्रणालीको प्रभावको असर देखिने जनाइएको छ ।
बुधबार देखि शनिबारसम्म देशभर आंशिक देखि सामान्य बदली रहने पूर्वानुमान महाशाखाले गरेको छ । शनिबारसम्म पश्चिमी न्यून चापीय प्रणाली देशभर फैलिएर देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका धेरै स्थानहरुमा हिमपातको पूर्वानुमान गरएको छ ।
मौसम पूर्वानुमान महाशाखाले पहाडी तथा तराई भेगका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । आइतबार देखि मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक सुधार हुने जनाइएको छ ।
यो मौसम प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्ने पूर्वानुमान गरिएको छ । महाशाखाले चीसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन सतर्कता अपनाउन भनेको छ ।-File Photo




प्रतिक्रिया