आरजु राणा कहाँ कहाँ संलग्न (सूचीसहित)


काठमाडौं, २२ पौष । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा धेरै संघसंस्थामा संलग्न छिन् । उनको कतिपय व्यवसायमा साझेदारी पनि रहेको चर्चा चल्ने गरेको छ ।

पछिल्लो समय उनी बतास समूहमा समेत रहेको चर्चा चल्यो । बतास समूहले वेवसाइटमा उनलाई सल्लाहकारमा राखेर विवादमा परेपछि हटाएको छ ।

आरजु अहिले पनि विभिन्न संघसंस्थामा आवद्ध छिन् । उल्लेन्स स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छिन् । ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुकमा संस्थापक अध्यक्ष तथा सल्लाहकार छिन् । साथी नेपालमा संस्थापक पूर्वअध्यक्ष तथा सल्लाहकार छिन् । सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक एवं वर्तमान अध्यक्ष छिन् । नामीमा पनि अध्यक्ष छिन् । ब्लड डोनर्स एशोशिएसन अफ नेपालको संरक्षक छिन् ।

आरजु आफैले संलग्न भएको संस्थाबारे खुलाएकी छिन् । उनको धेरै संस्थाहरुमा एकसाथ संलग्नताले भने चासो बढाएको छ ।

आरजु राणा संलग्न संस्थाहरु

१. नेपाली काँग्रेस, केन्द्रीय सदस्य

२.ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक), नेपाल Rural Women’s Development and Unity Centre (RUWDUC)

(संस्थापक अध्यक्ष तथा सल्लाहकार)
३. साथी, नेपाल (संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार)
४. सुरक्षित मातृत्व संजाल महासंघ ( संस्थापक एवं वर्तमान अध्यक्ष)
५. नामी (अध्यक्ष)
६. उल्लेन्स स्कुल (अध्यक्ष, बिद्यालय व्यवस्थापन समिति)
७. Blood Donors association of Nepal BLODAN (संरक्षक)

Skip This

Omoda E5 Pro