पृथ्वीनारायणको देवत्वकरण र दानवीकरण दुबै नगरौं: डा. बाबुराम भट्टराई


काठमाडौँ, २७ पुस। जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने टिप्पणी गरेका छन्। पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसरमा भट्टराईले ट्वीटमार्फत यस्तो टिप्पणी गरेका हुन्।

शाह इतिहासको आवश्यकता र आकस्मिकताका उपज भएको भट्टराईको भनाई छ। उनले समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझ्नुपर्ने बताएका छन्।
भट्टराईले लेखेका छन्, ‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं ! उनी इतिहासको आवश्यकता र आकस्मिकताका उपज हुन् । कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पुँजीवाद जन्मने हो। अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं। चुरो कुरो यो हो !’