काठमाडौं, २७ पुष । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नेपाल र भारतबीच भएको सहमतिविपरित भारतीय पक्षबाट नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तिव्रता दिएको भन्दै आफ्नो ध्यानाकार्षण गराएको छ । आज पार्टीका परराष्ट्र विभागका प्रमुख डा. राजन भट्टराईले एक विज्ञप्ती जारी गर्दै यस्तो उल्लेख गरेका छन् ।
विज्ञप्तीमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरिएको छ । विज्ञप्तीमा भनिएको छ,‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ ।’





प्रतिक्रिया