काठमाडौं, २८ पुस । शेयर बजारमा आज ३० अंकको गिरावट आएको छ । साताको चौथो दिन बुधबार आज नेप्से परिसुचक ३० दशमलव ५१ अंकले घटेर २८ सय ३ दशमलव ६२ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ७ दशमलव ४ अंकले घटेर ५२१ दशमलव ८३ विन्दुमा थामिएको छ ।
आज २२९ कम्पनीको ८ अर्ब ३३ २१ लाख २ हजार ७४२ रुपैयाँ बराबरको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । आज सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको कारोबार सर्वाधिक भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र निफ्राको आज १० प्रतिशतले शेयरमुल्य बृद्धि भएको छ ।




प्रतिक्रिया