काठमाडौं, २९ पुस । शेयर बजारमा आज हरियाली छाएको छ । अन्य समुहबाहेक सम्पुर्ण नेप्से सुचक बढेका छन् । साताको कारोबारको अन्तिम दिन बिहीबार आज नेप्से ५४ दशमलव १२ अंकले बृद्धि भएर २८ सय ५७ दशमलव ७५ विन्दु कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ८ दशमलव ९४ अंकले बढेर ५३० दशमलव ८३ विन्दुमा थामिएको छ ।
नेप्सेमा आज २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर खरिद विक्रि भएर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ रुपैयाँ बराबरको कारोबार भएको हो ।





प्रतिक्रिया