राष्ट्रिय वाणिज्य बैंकको शाखा अब चापागाउँमा


काठमाडौं, ५ माघ । राष्ट्रिय वाणिज्य बैंकले गोदावरी नगरपालिकामा नयाँ नयाँ शाखा विस्तार गरेको छ । बैंकले ललितपुरको गोदावरी नगरपालिका–१० टाखेलस्थित शाखा चापागाउँमा संचालनमा ल्याएको हो ।

बैंकले आफ्ना शाखा विस्तारलाई दरिलो बनाउने उद्देश्यले उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो । उक्त शाखाबाट सोमबारबाट कारोबार सुरु गरिएको बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले हाल २५८ शाखा, २४१ एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।