काठमाडौं, माघ ६ । नेपाली नर्स लैजान बेलायतसँग यही मार्चसम्म दुई देशबीच सम्झौता हुने भएको छ। नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा भएको छलफलले यस्तो निर्णय गरेको श्रम मन्त्रालयले जनाएको छ।
बेलायतले नेपालबाट नर्स लैजान खोजे पनि कस्तो खाले लैजाने भन्नेबारे श्रम सम्झौतापछि मात्र यकिन हुने बताइएको छ।
बेलायतले हालै विभिन्न मुलुकबाट स्वास्थ्य क्षेत्रमा १ लाख श्रमिक लैजाने घोषणा गरेको थियो। अहिलेसम्म नेपालबाट कति लैजाने भन्नेबारे कुनै टुंगो नलागे पनि १० हजार हाराहारीमा पठाउने अधिकारीहरू कसरतमा छन्।




प्रतिक्रिया