महालक्ष्मी विकास बैंकको विद्यालयललाई सामाग्री सहयोग


काठमाडौं, ६ माघ । महालक्ष्मी विकास बैंकले शैक्षिक सामाग्री सहयोग गरेको छ । बैंकको सातदोबाटो शाखाले ललितपुर महानगरपालिका वडा नं १४ लोहाचोकमा रहेको चोईना विणा गुरु गणेश आधारभुत विद्यालयलमा अध्ययनरत छात्र छात्राहरुलाई विभिन्न आधारभुत शैक्षिक सामाग्री एवं खानेपानीको लागि आवश्यक उपकरण सहयोग गरेको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिम प्रसाद गेलाल एवं विद्यालय संचालक समितिका अध्यक्ष दिनेश अछामीले बैंकले गरेको सहयोग प्रति आभार प्रकट गरेका थिए ।

बैंकको सातदोबाटो शाखाका शाखा प्रबन्धक प्रसन्न सुबेदीले बालबालिकाहरुको शैक्षिक अभिवृद्घीमा बैंक सधै कटिबद्घ रहेको बताए। आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

Skip This