मन्त्री यादवको धम्कीपूर्ण अभिव्यक्तिप्रति कांग्रेस महामन्त्री शर्माले सुझाए तीन विकल्प


काठमाडौँ, ८ माघ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने भन्दै तीन विकल्पसुझाएका छन्।गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी मन्त्री यादवलाई जिम्मेवारीबाट हटाउन चौतर्फी माग भइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस महामन्त्री शर्माले पनि मन्त्री यादवलाई पदमुक्त गर्न तीन विकल्पसहित प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

उनले मन्त्रीको गैरजिम्मेवारी अभिव्यक्तिको निकासका लागि तीन विकल्पमा सुझाएका छन् ।

उनले लेखेका छन् :
मन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्तिको उपचार; तिन विकल्प !
१) स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना l
अथवा..
२) सम्बन्धित दलद्वारा पहलकदमि र राजीनामा l
अथवा..
३) पदिय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त l
(आइसोलेसनबाटै सबै सम्बन्धितको ध्यानाकर्षण )
तिन उपचारका पछिल्तिर तिन कारण !
१) राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढि जिम्मेवार हुनैपर्दछ
२) हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य हुनुहुन्न l
३) विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न l
जय नेपाल !
धबार रौतहटमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएकी थिइन् ।