क्रिप्टो करेन्सीको कारोबार गर्ने तीन जना पक्राउ, महाशाखाको अनुरोध– कानुनविपरित काम नगरौं


काठमाडौं, ८ माघ । महानगरीय अपराध महाशाखा काठमांडौले नेपालमा गैरकानुनी मानिएको क्रिप्टो करेन्सीको कारोबार गर्ने तीन जनालाई काठमाण्डौको मिनभवनबाट पक्राउ गरेको छ ।

महाशाखाका अनुसार पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका ११ थापाथली बस्ने २७ बर्षका दिपेराज श्रेष्ठ, पर्बत जिल्ला फलेबास ११ कर्नास घरभई हाल पोखरा बस्ने २१ बर्षीय राजन भट्टराई र सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका ४ ईटहरी बस्ने २५ बर्षका बिशाल श्रेष्ठ रहेका छन् ।

उनिहरुले नेपाल राष्ट्र बैंकको नियम बिनियम, निर्देशन, आदेश बिपरित क्रिप्टो करेन्सी बिट क्वाईनबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा निजहरुलाई पक्राउ गरी बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको महाशाखाले जनाएको छ ।

पक्राउ परेका राजन भट्टराईले हालसम्म ९७५ जना व्यक्तिहरूसँग एक हजार ९२६ पटक कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले मंसिरदेखि पुससम्म २६ लाख रुपैयाँ बराबरको कारोबार गरेको र अन्य दुई जना पनि कारोबारमा संलग्न देखिएको छ ।

‘नेपालमा क्रिप्टो करेन्सीको कारोबार गर्ने गराउने कार्य नेपालको कानुन बिपरित रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न, नगराउन हुन यसै बिज्ञप्ती मार्फत सबैमा जानकारी गराईन्छ,’ महाशाखाले जनाएको छ ।

Skip This