न्युजील्यान्डकी प्रधानमन्त्री आर्डर्नलाई खोप विरोधीहरूले लखेटेपछि… (भिडियोसहित)


एजेन्सी, १३ माघ। न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डर्न चढेको भ्यानलाई कोरोना खोप विरोधीहरूले लखेटेको भिडियो सार्वजनिक भएको छ। देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि आर्डर्नले रोकथामका लागि नयाँ नियम लागू गरेकी छिन् । त्यसपछि खोप विरोधीहरूले उनलाई नाजी भनेका छन् । आर्डर्नलाई लखेटेको भिडियो दृश्य अन्लाइनमा शेयर भइरहेको छ । बे अफ आइल्यान्ड्समा उनको भ्यान सडकबाट तल जान बाध्य पारिएको थियो । अन्य गाडीमा आएकाहरूले उनलाई लाज लाग्दैन भनी सोधेका थिए ।

अघिल्लो शुक्रवार भएको घटनामा विरोधीहरूले हामी तिम्रो आज्ञा मान्दैनौं भन्दै आर्डर्न गाडीको पछिल्लो भागमा लुकेको आरोप लगाए । आर्डर्नलाई वुस्सी र नाजीका साथै अन्य अश्लील गाली समेत गरिएको थियो ।आर्डर्नले घटनाबाट आफूलाई खासै फरक नपरेको र सुरक्षाका विषयमा चिन्ता नलागेको पत्रकारहरूलाई बताइन् ।