निर्वाचनबारे पाँच दलीय गठबन्धनमा साझा दृष्टिकोण बनाएर निर्णय गर्छौं : गृहमन्त्री खाँण


काठमाडौं, १३ माघ । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धनभित्र साझा अवधारणा बनाएर नै निर्वाचनबारे निर्णय लिईने बताएका छन् । पछिल्लो समय स्थानीय तहको निर्वाचनभन्दा अघि नै संघीय संसद्को निर्वाचन गर्नेबारे चर्चा चलिरहेको बेला गृहमन्त्री खाँणले भने निर्वाचनबारे निर्णय लिईँदा पाँच दलीय गठबन्धनभित्र साझा दृष्टिकोण बनाएर मात्रै निर्णय लिईने बताएका हुन् ।

उनले निर्वाचनबारे अहिले गठनबन्धनभित्र छलफल जारी रहेको सुनाए । उनले यसबारेमा गठबन्धनभित्र साझा अवधारणा बन्न्ने पनि विश्वास दिलाए । अहिले कोरोना महामारी पनि बढिरहेकोले सबै परिस्थितिको मध्यनजर गर्दै निर्वाचनको मितिबारे आवश्यक निर्णय लिईने उनको भनाई छ ।

यद्धपी उनले संविधानसम्म्त रुपमा निर्वाचनको मिति घोषणा हुनेपनि प्रतिबद्धता जनाएका छन् । उनले निर्वाचन अयाोग र सरकारको बीचमा निर्वाचनलाई लिएर छलफल जारी रहेको पनि सुनाए । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनबारे आवश्यक निर्णय लिनेगरि आज आयोगका पदाधिकारीसँग छलफल गरिरहेका छन् । file photo