काठमाडौं, १६ माघ । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्धको थप मात्रा (बुस्टर डोज) दिने भएको छ । महानगरभित्र लक्षित समुहलाई सोमबार र मंगलबार बुस्टर खोप दिन लागेको स्वास्थ्य विभागले जनाएको छ ।
विभागका अनुसार ३२ वटै वडामा एकै पटक बुस्टर खोप दिइँदैछ । ६० वर्षमाथि उमेर समूहकाले खोपकार्डसँगै उमेर खुल्ने परिचयपत्र र अग्रपंक्तिमा काम गर्नेहरुको हकमा परिचयपत्र तथा खोपकार्ड अनिवार्य गरिएको छ ।
कोभिसिल्डको बुस्टर डोज वडास्तरीय खोप समन्वय समितिले तोकेका खोप केन्द्र र स्वास्थ्य कार्यालयले तोकेका अस्पतालहरुमा लगाइने कार्यक्रम रहेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराहन्न ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।




प्रतिक्रिया