काठमाडौं, १९ माघ । ‘ब्लाइन्ड डेट’को सिजन २ अब टेलिभिजनबाट प्रसारण हुने भएको छ । युट्युवमा हिट भएपछि ‘ब्लाइन्ड डेट’ को टिमले बैशाख पहिलो सातादेखि प्रसारण आरम्भ गर्ने गरि हिमालय टिभीसँग सम्झौता भएको छ ।
टेलिभिजन र सोका निर्देशक रोशन दाहालबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अहिले अडिसन सुरु भएको पनि निर्माण पक्षले जनाएको छ । प्रसारण सुरु हुनु एकसाता पहिलेभन्दा सोको छायांकन गरिने उक्त कार्यक्रमको पाँच पुरुष र पाँच महिला प्रतिस्पर्धीको लागि अडिसन थालिएको छ ।
सिजिन १ का विजेताहरु सिलु पोखरेल र किरण खाती गोल्डी भएका थिए । उनीहरुले बिवाह समेत गरेका छन् ।




प्रतिक्रिया