काठमाडौं, २ फागुन । नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ । संसद् भवनस्थित् ल्होत्से हलमा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव आएपछिको परिस्थितिको बारेमा समिक्षा भएको थियो ।
बैठकमा दलका नेता ओलीले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगको खुलेर विरोध गर्ने धारणा राखेका थिए । अन्य चार जना न्यायाधीशहरुविरुद्ध भने तत्काल महाभियोग नलगाउने ओलीको भनाई रहेको एक सांसदले जनाए ।
उनकाअनुसार अध्यक्ष ओलीले अहिले पार्टीले परिस्थितिलाई नजिकबाट नियालिरहेको सुनाएका थिए । तर, उनले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगलाई स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्र र दाउपेच रहेको टिप्पणी गरेका थिए ।
Photo By: Mukunda Kalikote/ReportersNepal




प्रतिक्रिया