शेरबहादुरजीले एमसीसी कि गठबधन एउटा रोज्नुपर्छ : शशांक कोइराला


काठमाडौँ, ६ फागुन। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवासँग दुइवटा विकल्प रहेको स्पष्ट पारेका छन्। आज (शुक्रबार)को प्रतिनिधिसभा बैठकबाट बाहिरिँदै उनले देउवासँग एमसीसी पास गराउने वा सत्ता जोगाउने दुइवटा विकल्प मात्रै रहेको बताएका हुन् ।

उनले भने,’विकल्प उहाँले नै रोज्नुपर्ने हो, कुनचाहिँ रोज्नुहुन्छ। एमसीसी पारित गर्दा गठबन्धन टुट्न सक्ने सम्भावना देख्छु म। गठबन्धनलाई राख्ने हो भने एमसीसीलाई छोड्नुपर्‍यो। दुईवटामध्ये एउटा मात्रै हुनसक्छ भन्ने मलाई लागेको छ।’ कोइरालाले एमसीसी पारित गरौँ भन्ने आफ्नो सल्लाह रहेको बताएका छन् ।उनले भने, ‘किनभने ५०० मिलियन डलर भनेको धेरै हो। ट्रान्समिसन लाइनदेखि बाटोसम्मका लागि यति ठूलो अनुदान हत्तपत्त अरु कसैले दिँदैन।’-File Photo

Skip This

Omoda E5 Pro