काठमाडौं,फागुन १८ । कुपण्डोलस्थित सेन्ट्रल फेसन अफ इन्सिच्युट अफ फेसन टेक्नोलोजीले अन्र्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।
भारत चेन्नइस्थित मधुराइबाट सेन्ट्रल फेसन अफ इन्सिच्युट अफ फेसन टेक्नोलोजीका कार्यकारी निर्देशक नविन लुइटेललाई उक्त अन्तर्राष्ट्रिय एसिया अवार्ड पावर वाइ रुलाह अवार्ड प्रदान गरेको हो ।
उक्त अवार्ड वल्र्डवाइज डिस्ट्रिव्युसन अवार्ड हो । फेसन टेक्नोलोजीका कार्यकारी निर्देशक लुइटेलले आफ्नो कलेज फेसन डिजाइनमा अब्बल रहेकै कारण अन्र्तराष्ट्रिय अवार्ड जित्न सफल भएको बताए । इन्टरनेशल अवार्डका लागि आवेदन माग भएकोमा आवेदन दिएपछि फेसन टेक्नोलोजीलाई मनोनयन गरेको थियो ।
उक्त अवार्डबारे टाइम्स अफ लण्डनमा पनि समाचारहरु प्रकाशित भएका थिए । हाम्रो विद्यार्थीहरुलाई २०१४ देखि इन्डोनेसिया तथा सिंगापुरमा पनि सहभागिता गराइएको थियो,लुइटेलले भने,“जति विद्यार्थीहरु पढिरहनुभएको छ । उहाँहरु राष्ट्रिय प्लेटफर्ममा मात्र होइन , इन्टरनेशनल प्लेटफर्मसम्म योगदान पु¥याएको कारणले अवार्ड पाउन सफल भएका हौं ।”
संस्थाका कानुनी सल्लाहकार तथा निर्देशक राजन ढुंगेलले अन्य संघसस्था तथा ब्राण्डहरुसंग रोजगार लगायतका विषयमा सहकार्य गर्दै आएको बताए । उनले इन्टरनेशनल फेसन सो संग पनि कोलाब्रेसन गरेर एक्सपोजरको रुपमा अगाडि बढेको बताए । निर्देशक ढुंगेलले फेसन डिजाइन मार्फन व्यापार सिर्जना गर्ने उद्देस्यले अन्य देशमा पनि प्लेटफर्म स्थापना गरेको बताए ।
उक्त फेसन डिजाइन कलेजले नेपालमा धेरैजनाले बुटिक खोलेर प्रोडक्टहरु बेचिरहेको र उक्त विधामा उत्पादन भएका विद्यार्थीहरु सबैले ठूलो लगानीमा बुटिक खोल्ने नसकेको अवस्थामा पनि घरमै प्रोडक्टहरु उत्पादन गरेर बजारमा बेचीरहेको लुइटेलको भनाई छ । फेसन टेक्नोलोजीले पढ्ने मात्र होइन, जागिर मात्र पनि होइन,आफै व्यवसाय गर्न पनि सिकाइरहेको उनको भनाई छ ।
हाम्रो विद्यार्थीहरुले उत्पादन गरेको सामान अन्र्तराष्ट्रिय बजारमा पनि विक्रिवितरण भइरहेको कार्यकारी निर्देशक लुइटेलको भनाई छ ।




प्रतिक्रिया