थप १५ जनामा कोरोना संक्रमण, ३२ जना संक्रमण मुक्त


काठमाडौं, ८ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ३२ जना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा संक्रिय संक्रमीतको संख्या २ सय ९८ रहेको छ ।

यस अवधीमा कोरोना संक्रमणका कारण मृतकको संख्या सुन्य रहेको छ ।