नीवन पौडेल ‘मन परेरै हो’ बोलको गीत लिएर आए, स्वरमा मेलिना राईको साथ (भिडिओसहित)


काठमाडौं, १७ जेठ । यथार्थपरक, चेतनामूलक, समयसापेक्ष, भ्रष्टाचार, महिलामुक्ती तथा बेथिति एबम समाजमा घटेका घटना तथा परिघटनामा आधारित रहेर गीत संगितमार्फत आवाज उठाइरहने लोकप्रीय गायक नवीन पौडेलले नयाँ सांगितिक कोशेली लिएर आएका छन् ।

उनले यसपाली ‘मन परेरै हो मन परेरै हो मैले तिम्लाइ हेरेको मन परेरै हो’ बोलको गीतमार्फत माया गर्ने जोडीहरुको आवाज बोलेका छन। पौडेलले मेला महोत्सव एबम स्टेज प्रोग्रामहरुमा दर्शकले अत्यन्तै रुचाएको गीत यसपाली म्युजिक भिडियो तयार गरेर बजारमा ल्याएका हुन।

नवीन पौडेल अनि मेलिना राईको स्वर रहेको गीतमा दिग्गज धौराली र दिनेशराज पुरीले शब्द कोरेका छन। स्विच हपर्सले निर्माण गरेको भिडियोमा विवेक खड्का, दिनेश पौडेल, सविना गुरुङ, सरु राई र रचना दर्नालको अभिनय रहेको छ। गीत नवीन पौडेल युट्युब च्यानलमार्फत बजारमा उपलब्ध छ।

यसअघि पौडेलका ‘जान्न मत त्यो घर, हरेक जातजाति छौँ नानाथरी, यस्तै हुन्छ भन्नेभा, रातो डोरि कपाल लर्केको, बुलाकी झुम्काना, लेउखुकुरी लेउ लगायतका गीत निक्कै चर्चित भैसकेका छन। यसै वर्ष रास्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री चतुर्थ मानपदवी प्राप्त गरेका पौडेलले अमेरिकाको टेक्सास राज्यमा रहेको हेम–सरिता पाठक फाउण्डेशनबाट ‘लेउ खुकुरी लेउ, भ्रस्टाचारी जतिलाइ पुर्याइदिउँ छेउ’ गीतको लागि नगद १ हजार डलरसहित वर्षको सर्बोत्कृस्ट भ्रष्टाचारबिरोधी गीत पुरस्कार पनि प्राप्त गरेका छन।

Skip This

Omoda E5 Pro