भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ ( केके) को निधन


काठमाडौं, जेठ १८ । भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (कके)को निधन भएको छ। ५३ वर्षीय केकेको मंगलबार अबेर राति कोलकातामा निधन भएको हो।

महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन पुगेका केके स्टेजमा गीत गाउँदै गर्दा हर्टअट्याक आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई निजी अस्पताल लगिएको थियो। त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

१९६८ मा भारतको देल्लीमा जन्मेका केकेले हिन्दी, तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली र गुजराती फिल्ममा गाएका हजारौं गीत चर्चित छन्।

Skip This

Omoda E5 Pro