काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले आगामी चुनावलाई मध्यनजर गरेर माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले कांग्रेससँग बार्गेनिङ गर्न अर्को गठबन्धनको चर्चा चलाएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
सो क्रममा उनलेका थिए,‘माओवादी, एकीकृत समाजवादी र जसपाले तालमेलका कुरा जसरी उठाइरहेका छन्, यो बार्गेनिङ गर्नका लागि हो । हामी नै सबै हौं भन्ने उनीहरुलाई लागेको छ, तर बुझ्नुपर्ने कुरा के हो भने नेपाली कांग्रेस ठूलो पार्टी हो ।’ उनले पार्टीलाई कमभन्दा कम क्षति हुनेगरि गठबन्धन गरेर जानेपनि स्पष्ट पारे ।

आजै नेता कोइरालाले पर्साको ठोरी गाउँपालिकाको सुवर्णपुरमा स्थानीय किसानहरुसँग छलफल समेत गरेका थिए । सो क्रममा उनले उनीहरुको गुनासो सुनेका थिए । साथमा पुर्व सिंचाइमन्त्री संजय गौतम, पुर्व कृषिमन्त्री रामकृष्ण यादव, संबिधानसभा सदस्यहरु अजय द्धिवेदी, शोभाकर पराजुली, रञ्जित कर्ण, सर्लाही कांग्रेस नेता बिनोद खनाल, पर्सा कांग्रेस नेता श्याम पटेल, बिश्वराज घिमिरे, सोही स्थानका प्रदेशसभा सदस्य शंकरनारायण चौधरी, नेपाली कांग्रेस ठोरी गाउँपालिका वडा २ का सभापति बिमल खड्कालगायत उपस्थिति थिए ।




प्रतिक्रिया