काठमाडौं, १७ साउन । एनआईसी एशिया क्यापिटलको छैठौं वार्षिक साधारण सभा भाद्र ८ गते हुने भएको छ । क्यापिटलको साउन १५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
कम्पनीले ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने एघार करोड नगद लाभांश वितरण गर्न प्रस्ताव सभामा पेश हुने क्यापिटलले जनाएको छ ।




प्रतिक्रिया