काठमाडौं, २३ साउन । शेय र बजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज १७ दशमलव ६७ अंकले घटेर २१०६ दशमलव १६ विन्दुमा थामिएको हो ।
त्यस्तै, शेयर बजारमा मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ४१ अंकले घटेर ४०६ दशमलव १४ विन्दु कायम भएको हो ।
साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा २१४ कम्पनीको २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँ बराबरको ६५ हजार २७ सय ४१४ कित्ता शेयर किन बेच भएको हो ।




प्रतिक्रिया