शेयर बजारमा सामान्य अंकको गिरावट, २ अर्बको कारोबार


काठमाडौं, ५ भदौ । साताको कारोबारको पहिलो दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसुचक ७ दशमलव ७२ अंकले घटेर २०६० दशमलव ५५ विन्दुमा थामिएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ४९ अंकले घटेर ३९८ दशमलव ५८ विन्दु कायम भएको हो ।

नेप्सेमा आज २१८ कम्पनीको ४३ हजार ४५५ पटक शेयर कारोबार भएर २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८९ रुपैयाँ बराबरको ५३ लाख ३९ हजार ४ कित्ता शेयर बिक्रि भएको हो ।