नेप्सेमा २१ अंकको गिरावट, १ अर्बमा सिमित कारोबार


काठमाडौं, २१ भदौ । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन आज नेप्से परिसुचक २१ दशमलव १६ अंकले घटेर १९५१ दशमलव ८४ विन्दुमा थामिएको हो ।

यसैगरी, शेयर बजारमा मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ८७ अंकले घटेर ३७९ दशमलव ८ विन्दुमा रोकिएको हो ।

आज २२७ कम्पनीको १ अर्ब १९ करोड ७६ लाख ६१३ रुपैयाँ बराबरको ३२ लाख ९ हजार ९८३ कित्ता खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।