काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेल अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट बनेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सिन्धुलीबाट चुनाव लड्न चाहेका गजुरेललाई दाहालले टिकट लिनबाटै बञ्चित गराएपछि यो परिस्थिति सिर्जना भएको हो ।
पछिल्लो समय अध्यक्ष दाहालसँग सुमधुर सम्बन्ध बनाएका गजुरेल टिकट नपाएपछि भने आक्रोशित बनेको माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको भनाई छ । अहिले उनले अध्यक्ष दाहालसमक्ष टिकट नपाउनुको कारण सोधेका छन् । त्यसको लागि उनले असहमति पत्र दर्ता गराएका छन् ।
उनले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीले एकल रुपमा आफ्नो नाम सिफारिस गरे पनि टिकट नदिएको भन्दै आक्रोश पोखेका छन् । अहिले उनी अध्यक्ष दाहालसँग सम्पर्कमा समेत नरहेको बताईन्छ । उनी सिन्धुली–२ बाट चुनाव लड्न चाहन्थे । यसअघि उनी दुई पटक यही क्षेत्रबाट निर्वाचित भएका थिए । चुनावको गजुरेल रिसाएको चाल पाएपछि दाहाल तनावमा रहेको बुझिन्छ । यद्धपी दाहालले यो बीचमा गजुरेलसँग छुट्टै सम्वाद गर्न चाहेका छन् । file photo




प्रतिक्रिया