एजेन्सी, १८ कात्तिक । भारतीय क्रिकेट टोली २०२२ को टी–२० विश्वकपको सेमिफाइनल नजिक पुगेको छ । भारतले आफ्नो अन्तिम समूह खेल जिम्बावेसँग खेल्नुपर्नेछ र यदि यो खेलमा टीम इन्डिया विजयी भयो भने रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोली २०२२ को टी–२० विश्वकपको सेमिफाइनलमा पुग्ने छ ।
तर, यो खेलअघि पाकिस्तानी अभिनेत्री सहार शिनवारीले ट्वीट गर्दै भारतीय टोली जिम्बाब्वेसँग पराजित भएमा जिम्बावेका केटासँग बिहे गर्ने बताएकी थिइन् ।
सहारले गरेको ट्विट भाइरल भएको छ, भारतीय टोली बंगलादेशसँग खेलिरहेको बेला सहरले लगातार ट्विट गर्दै टिम इन्डिया हारोस् भन्ने कामना गरिरहेका थिइन्, तर त्यसो भएन । अब सहरले ट्वीट गर्दै लेखेकी छिन् कि यदि अर्को खेलमा उनको टोलीले चमत्कारपूर्ण ढंगले भारतलाई हराए भने म जिम्बाब्वेको केटासँग बिहे गर्छु ।
यसैबीच, सहारको यो ट्विटपछि क्रिकेट फ्यानहरूले उनलाई आ–आफ्नै तरिकाले जवाफ दिइरहेका छन् । एक प्रयोगकर्ताले यो सस्तो पब्लिसिटी प्राप्त गर्ने ट्रिक भएको लेखेका छन् ।
टीम इन्डियाले आफ्नो अन्तिम समूह खेल जिम्बाब्वे विरुद्ध नोभेम्बर ६ मा मेलबर्नमा खेल्ने छ। भारतीय टोली अहिले ६ अंकसहित समूह बीको पहिलो स्थानमा छ भने जिम्बाब्वे ३ अंकसहित पाँचौं स्थानमा छ । भारतले जिम्बाब्वेलाई हराए ८ अंक जोडेर सेमिफाइनल पुग्ने छ ।





प्रतिक्रिया