रामहरि खतिवडालाई जनप्रिय नेताको संज्ञा दिँदै गगन थापाले मागे मत (भिडिओसहित)


काठमाडौं, ३० कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका ओखलढुंगाका प्रतिनिधिसभाका उम्मेदवार रामहरि खतिवडाको लागि मत मागेका छन् । थापाले नेता खतिवडालाई जनप्रिय नेताको संज्ञा दिएका छन् ।

खतिवडा ओखलढुंगाको विकासको लागि अहोरात्र खटिने नेताको पनि रुपमा पनि थापाले चित्रण गरेका छन् । उनले खतिवडाले आम जनताको चासोको विषयलाई उठाउने गरेको र जनताको आवाज संसद्मा पुर्याउने काम गरेको पनि उल्लेख गरेका छन् । उनले खतिवडालाई अत्यधिक बहुमतले विजयी गराउनपनि अपिल गरेका छन् ।