प्रतिनिधिसभामा कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन थकाली विजयी


काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् ।

उनले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका हुन् । मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।

२९ वर्षीया योगेश पहिलो पटक नै सांसदमा निर्वाचित भएका हुन् ।