काठमाडौं, ६ मंसिर । आइतबार भएको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता कायमै राखेका छन् ।
ढकालले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै ६ हजार ६७ मतसहित अग्रस्थानमा छन् ।
कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत प्राप्त गर्दा एमालेका सुरेन्द्र पाण्डेले ४५ सय २३ मत ल्याएका छन् ।
यस अघिको निर्वाचनमा चितवन–१ बाट एमालेका पाण्डे निर्वाचित भएका थिए ।




प्रतिक्रिया