रवि लामिछानेले बढाए ९६२ को अग्रता


काठमाडौं, ६ मंसिर । देशभर जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ९ सय ६२ मतान्तरले अग्रता बढाएका छन् ।

१३ हजार ८ सय ८३ मत गन्दा लामिछानेले ५ हजार १२८ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका कृष्णभक्त पोखरलेले ४ हजार १६६ मत ल्याएर दोस्रो स्थानमा छन् त्यस्तै, सत्ता गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ७०६ मत ल्याएका छन् ।