प्युठानमा एमालेका सूर्य थापा २८४९ मतले अगाडि


काठमाडौं, ६ मंसिर । प्युठानमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार सूर्य थापाले फराकिलो अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार थापाले १००३१ मत ल्याएका छन् ।

उता, गठबन्धनकी साझा उम्मेदवार जनमोर्चाकी दुर्गा पौडेलले ७१८२ मत ल्याएकी छिन् । थापा र पौडेलबीच २८४९ मतको अन्तर छ ।

मतगणना परिणाम
सूर्य- १००३१
गिलास- ७१८२
अन्तर- २८४९
१) नौबहिनी गाउँपालिका-
सूर्य थापा- ५८७६
दुर्गा पौडेल- ४३३७
अन्तर- १५३९
२) सरूमारानी गाउँपालिका-
सूर्य थापा- ४१५६
दुर्गा पाैडेल- २८४६
अन्तर- १३१०