उदयपुर-२ मा जगन्नाथ खतिवडालाई हराउँदै एमालेका रायमाझी निर्वाचित


काठमाडौं, ६ मंसिर । उदयपुर २ मा नेकपा (एमाले) का अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्।

उनले नेकपा (एकीकृत समाजवादी) उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका छन् ।

निर्वाचित रायामाझीले १५२५१ मत ल्यार्उएका हुन् ।

रायमाझीसँग पराजित खतिवडाले १२८९३ मत ल्याएका छन् ।

त्यस्तै, यो क्षेत्रमा कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उठेका रामकुमार राईले १०३७९ मत ल्याएका छन् ।