धनुषा–४ मा एमालेका महासेठको अग्रता कायमै, महेन्द्र यादव पछ्याउँदै


काठमाडौं, ८ मंसिर । धनुषा–४ मा नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठको अग्रता कायमै छ ।

महासेठले ८००९ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका महेन्द्र यादवले कडा टक्कर दिएका छन् ।

यादवले ७९८१ मत ल्याएका छन् । त्यस्तै, जनता समाजवादी पार्टीका महाजन यादवले २५३२ मत ल्याएका छन् ।