श्रीलंकासँगको पहिलो टि–२० क्रिकेटमा भारत २ रनले विजयी


काठमाडौं, पुस २०। भारत श्रीलंकासँगको पहिलो टी–२० क्रिकेटमा २ रनले विजयी भएको छ । योसँगै तीन खेलको टि–२० श्रृंखलामा भारतले १–० को अग्रता बनाएको छ ।

वान्खडे मैदानमा मंगलबार राती भएको खेलमा भारतले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको श्रीलंका २० ओभरमा १ सय ६० रनमा समेटिएको थियो । श्रीलंकाका कप्तान डसुन सनकाले ४५ रन तथा कुशल मेन्डिसले २८ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । भारतका शिवम माभीले ४ विकेट लिए । त्यस्तै उम्रन मलिक र हर्सल पटेलले २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । भारतका दिपक हुडा ४१ तथा अक्षर पटेल ३१ रनमा अविजित रहे । त्यस्तै इशान किशनले ३७ रन बनाए ।

श्रीलंकाका दिल्शान मधुशंका, महेश तिक्षणा, चमिका करुणारत्ने, धनन्जय डा शिल्भा र वानिन्दु हसरंगाले समान एकरएक विकेट लिए । दुई देशबिचको दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबार हुनेछ ।