बर्नेमाउथ विरुद्ध म्यानचेस्टर युनाईटेडको सहज जित


काठमाडौं, पुस २० । इंग्लिस प्रिमियर लिग अन्तरगत गएराती भएको खेलमा म्यानचेस्टर युनाईटेडले बर्नेमाउथलाई हराएको छ ।

युनाईटेडले बर्नेमाउथलाई ३–० गोल अन्तरले पराजित गरेको हो। युनाईटेडलाई जिताउन कासिमिरो, लुक श र मार्कुस राषफोर्डले समान एक एक गोल गरे।

कासिमिरोले खेलको २३ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता बनाएका थिए। त्यस्तै दोस्रो हाफको ४९ औं मिनेटमा लुक शले गोल गर्दै युनाईटेडको अग्रता दोब्बर बनाए। ८६ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई ३–० को जित दिलाए।

जितसँगै युनाईटेड १७ खेलमा ३४ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ।बर्नेमाउथ १८ खेलमा १६ अंक जोडेर १५ औं स्थानमा रहेको छ।