माओवादी संसदीय दलको बैठक सिंहदरबारमा


काठमाडौं, २५ पुष । प्रतिनिधिसभाको पहिलो अधिवेशन आजबाट सुरु हुँदैछ । संसद् बैठक बस्नुअघि दलहरुले संसदीय दलको बैठक राखेर सांसदहरुलाई निर्देशन दिएका छन् । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक पनि सिंहदरबारमा बसेको छ।

दलका नेता पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा सांसदहरुलाई जनताको आवाजलाई सदनमा खरो रुपमा प्रस्तुत गर्न निर्देशन दिईएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भोलिको संसद् बैठकमा विश्वासको मत लिँदैछन् । विश्वासको मत अधिकतम जुटाउनको लागि माओवादीले सबै दलसँग आग्रह गरेको छ ।