काठमाडौं, पुस २६। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज बिहान पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।
प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा आज बिहान ९ः५० बजे मुख्यमन्त्री जमकट्टेललाई पद तथा गोपनियताको शपथ ग्रहण खुवाएका हुन् ।
मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना विभागीय मन्त्रीको रूपमा शपथ ग्रहण लिएका छन् ।




प्रतिक्रिया