सभामुखबारे अन्य दलहरुसँग छलफल गर्ने कांग्रेसको निर्णय


काठमाडौं २८ पुष। नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुखको निर्वाचनबारे अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरको छ।

सभामुखको उम्मेदवारी दिने तयारीमा रहेको कांग्रेसले जितपक्का नहुनेदेखेपछि सत्ता र प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गर्ने निर्णय गरेको कांग्रेसका एक नेताले बताए।

पदाधिकारी बैठक आज सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा बसेको थियो।

माघ ५ गते प्रतिनिधिसभाका सभामुखको निर्वाचन हुँदैछ।