काठमाडौं, ३० पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू छिट्टै भारत भ्रमणमा जाने स्पष्ट पारेका छन् ।
आज (शनिबार) विभिन्न सञ्चारमाध्यममा कार्यरत सम्पादकहरुसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
भारत भ्रमणको लागि अहिले दिल्लीस्थित् नेपाली दूतावासले गृहकार्य थालेको पनि स्पष्ट पारे ।
उनले कांग्रेसले पनि आफूलाई विश्वासको मत दिएको कारण सभामुख, राष्ट्रपति र उपराष्ट्रपतिलगायतको निर्वाचनको लागि छलफल गरिने स्पष्ट पारे । तस्विर स्रोत : प्रधानमन्त्रीको सचिवालय




प्रतिक्रिया