काठमाडौं, १ माघ । आज पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानबाट ३२ जनाको शव निकालिएको छ।
उक्त विमानमा ३ जना बच्चा, ३ जना बृद्ध र चालकदलका ४ जनासहित ७२ जना यात्रु सवार रहेका थिए।
काठमाडौंबाट पोखराका लागि उडेको ९ एन-एसीएनसी विमान बिहान साढे १० बजे उडेको थियोभने अवतरण गर्ने क्रममा करिब ११ बजेर १० मिनेट जाँदा पोखरा विमानस्थल नजिक फेवा खोँचमा दुर्घटना भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।
यतिका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा १० जना विदेशी यात्रु पनि सवार रहेका थिए।




प्रतिक्रिया