प्रधानमन्त्री प्रचण्डको पोखरा भ्रमण स्थगित्


काठमाडौं, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालको पोखरा भ्रमण स्थगित् भएको छ । पोखरामा भएको यति एयरलाईन्सको विमान दुर्घटनास्थलको अवलोकनको लागि प्रधानमन्त्री दाहाल पोखरा जाने भनिएको थियो । तर, प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार उनको पोखरा भ्रमण भने स्थगित् गरिएको छ ।

सचिवालयले भनेको छ,‘दुर्घटना स्थलको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री रवि लामिछाने र अर्का उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पोखरा जाने भनिएपनि ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थामा उद्धारकार्य प्रभावित हुनसक्ने भएकोले सुरक्षा निकायको सुझाव अनुसार रद्द गरिएको छ ।’