काठमाडौं, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । राप्रपाबाट चार जना मन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनमा भएको सहमति अनुसार राप्रपाले मन्त्रीहरुको नाम टुंगो लगाइसकेको छ ।
सोमबार बसेको सत्ता गठबन्धनको बैठकले राप्रपालाई तीन मन्त्रालय र एक राज्यमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको हो । योसँगै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, विक्रम पाण्डे सहरी विकासमन्त्री, ध्रुवबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामलामन्त्री र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएका छन् ।




प्रतिक्रिया