बुटवल, माघ ९ । हेल्पर केयरिङ सर्कलको आयोजनमा प्रथम वार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख अतिथ्यमा विश्वास घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रम बुटवल ११ स्मृती भवन मजुवामा आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने र क्लबले सुरुको समयदेखि नै राम्रा कार्य गर्दै आईरहेको र क्लबको उचाईलाई थप माथी पुर्याउन सबैको साथ र सहयोगको आवहान गरेका छन्। क्लवले आगामी कार्यक्रमहरुमा आश्रममा सहयोग गर्ने,सचेतनामूलक कार्यक्रम गर्ने र सामाजिक काम गर्ने लक्ष्य रहेको उनले बताए ।

त्यस्तैगरी प्रमुख अतिथि पाण्डेले युवाहरुको सक्रियतामा राम्रा सामाजिक कार्यमा सधैं साथ रहने र आगामी दिनमा सबैसंगको सहकार्यमा राम्रा खालका सामाजिक कार्य गर्न आग्रह गरे । नगरले पनि क्लबलाई आर्थिक सहयोग छुटाउने र सधै यस क्लबको कार्यक्रमसँग हातेमालो गर्दै अगाडी बढ्ने प्रष्ट पारे ।
कार्यक्रमका विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका वडानम्बर ११ का जनप्रतिनिधि सदस्य नकुल शाहीले अझ सशक्तताका साथ अघि बढ्न हौसला दिएका छन् ।
विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका वडानम्बर १ का जनप्रतिनिधि वडा अध्यक्ष नरेन्द्र बस्नेतले क्लबलाई वडा नम्बर १ बाट सधै साथ र समर्थन दिने बचन दिदै सबै मिलेर विभिन्न कार्यक्रमको आयोजना गर्न हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्वता दिएका छन् ।
कार्यक्रममा हेल्पर केयरिङ सर्कल क्लबको कार्यकारी अध्यक्ष तथा उपाध्यक्ष मनिसा पौडेलले शुभकामना मन्तव्य राखेकी छन्। कार्यक्रममा क्लबका कोषाध्यक्ष गणेश खरेलले पनि आफ्नो भनाई राखेका थिए । संगीत मनोरन्जनको लागि गायक भुवन खड्का र बिनोद विश्वकर्माको प्रस्तुती दिएका थिए ।





प्रतिक्रिया