काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका नेता तथा सांसद् प्रदिप पौडेलले नयाँ भनिएका राजनीतिक पार्टीहरुमा पनि सत्ता लिप्सा दिएको बताएका छन्। उनले आज काठमाडौंमा आयोजित अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठी कार्यक्रममा नयाँ भनिएका दलहरुमा पनि सत्ता लिप्सा देखिएको बताएका हुन्।
उनले भने, ‘नयाँ भनिएकाहरुमा पनि धेरै समय लागेन। थोरै समयमा सत्ता लिप्सा देखियो। स्वार्थहरु टकराएको देखियो। फेरि पुरानै शैलीलाई अपनाउन खोजे जस्तो देखियो। हामी हाम्रो पार्टीलाई व्यवस्थित गर्न लागिरहेका थियौं। कमीकमजोरी हाम्रो पार्टीमा छ। त्यसभित्र लडिरहेका छौं।’




प्रतिक्रिया