काठमाडौं, २३ फागुन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायकाविरुद्ध जाने विषय सह्य नहुने चेतावनी दिएका छन् । आज (मंगलबार) बालुवाटारमा माओवादी धाराका ८ दलको बैठकमा संक्षिप्त सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएको बैठकमा सहभागी एक नेताले जनाए ।
उनकाअनुसार प्रचण्डले पछिल्लो समय माओवादी आन्दोलनविरुद्ध षड्यन्त्र भैरहेको र आफूहरुमाथि घेराबन्दी गरिएको धारणा राखेका थिए । उनले सर्वोच्च अदालतले मुद्दा दायर गर्न दिनु आफूलाई मात्रै प्रहार नभएर सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भएको बताएका थिए ।
यसअघि पनि दाहालले आफूले सरकारको नेतृत्वमा बसेर पनि माओवादी आन्दोलनकै हितमा काम गरेको दाबी गरेका थिए । माओवादी धाराका सबै नेताहरूले सङ्क्रमणकालीन मुद्दालाई साझा एजेन्डा बनाएर जाने निर्णय गरेका छन् ।आजको बैठकमा दाहालले सङ्क्रमणकालीन न्यायलाई तत्काल टुङ्गो लगाएर जान सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।




प्रतिक्रिया