पल्सर स्पोर्ट्स अवार्ड : पिपल्स च्वाइसमा भलिबलकी भण्डारीलाई अवार्ड


काठमाडौं, २३ फागुन । यस वर्षको पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य उषा भण्डारीले पाएकी छिन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पल्सर स्पोर्ट्स अवार्ड २०७८ कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा आयोजित कार्यक्रममा पिपल्स च्वाइस विधामा भलिबल टिमकी भण्डारीले अवार्ड हात पारेकी हुन्।

भोटिङको आधारमा ३ लाख ८० हजार ३२२ मत प्राप्त गर्दे उनले सो अवार्ड पाएकी हुन्।